इटहरीः राजाबाबु यादव अहिले २२ बर्षका मात्रै भए । तर उनले सर्लाहीको राम नगर गाउँपालिकाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका राजाबाबु यादवले ४ हजार ८१ मत ल्याउँदै रामनगरको गाउपालिका अध्यक्षको जित हासिल गरेका हुन् ।
रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरु विजयी भएको छन् ।अध्यक्षमा विजयी बनेका २२ वर्षीय राजाबाबु यादवले ४०८१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए भने सोहि गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्।
अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् । उनी काठमाडौंमा बिबिए पढिरहेका थिए । यसपालि उनलाई बुवा यादवले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिलाएका थिए।