विराटचोकः स्थानीय तह निर्वाचन अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस प्यानल सहित विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार वडा अध्यक्ष सहित प्यानलै विजयी भएका छन् ।
वडा अध्यक्षमा २६ वर्षका बिवश प्रधानले १५७० मत ल्याइ विजयी भएका हुन् भने एमालेका उमेद्वार झरिलाल थारुले १४६० मत ल्याएका थिए । महिला सदस्यमा सिता कुमारी खवासले १५१८ दलित महिला सदस्य प्रमिला कुमारी विश्वकर्मा १५४२ सदस्य ओमनारायण चौधरी १४७१ सदस्य नन्द नारायण गच्छदार १३९८ मत ल्याइ विजयी भएका हुन् यो वडामा जम्मा ३६५० मत खसेको थियो । निर्वाचन कार्यालयले आधिकारीक रुपमा घोषणा भने गर्न बाँकी छ ।