वसन्तपुरः लालीगुराँसको राजधानी तेह्रथुमको लालीगुराँस नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन् ।

मेयर पदमा कांग्रेसका उम्मेद्वार निवर्तमान मेयर अर्जुन माबोहाङ ५ हजार १३९ मत प्राप्त गरी पुनः मेयर पदमा विजयी भएका छन् । माबोहाङले प्रतिद्वन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरे । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरेका छन् ।

उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेद्वार छविमाया तिम्सिनाले ३ हजार ५९४ मत प्राप्त गरिन् ।

कांग्रेसले लालीगुराँस नगरपालिकाको २, ३, ४, ७, ८ र ९ नम्बर वडामा जितेको छ । त्यस्तै एमालेले १ र ६ नम्बर वडामा जितेको छ भने वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बू विजयी भएका छन् ।