फुङलिङः १ मतको अन्तरले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया निर्वाचित भएकी छिन् । एमाले समर्थित स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई उनले १ मतको अन्तरले हराएकी हुन् ।
कडरियाले २३०६ मत ल्याउँदा ताम्लिङले २३०५ मत पाएका थिए ।पालिका अध्यक्षमा एमालेका मानबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार प्रदीप राईलाई ७०३ मत अन्तरले पराजित गर्दै राई अध्यक्ष चुनिएका हुन् ।
मानबहादुरले ३०८५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले २३८२ मत ल्याएका थिए ।