भोजपुरः जिल्लाको षडानन्द नगरपालिकाको मेयर पदमा नेकपा एमालेका सुरेन्द्र कुमार उदास विजयी भएका छन् । उपमेयरमा नेकपा माओवादी केन्द्रककी प्रमिला राई विजयी भएका छन् ।

उदासले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बीरवल राईलाई ८९५ मत अन्तरका साथ पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन । त्यसै गरि प्रमिला राइले ६९५६ मत प्राप्त गरि निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मेरिका राईलाइ २७०० मत अन्तरले पराजित गर्दै उपमेयर पद पदमा निर्वाचित भएका हुन् ।

षडानन्द नगरपालिकामा गत बैशाख ३० गते सम्पन्न भएको मतदानमा जम्मा १४,२५३ मत खसेको थियो । आज सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार उदासले ६४३६ मत प्राप्त गरे भने उनको प्रतिद्वन्दी राईले ५५४१ मत प्राप्त गरे । विजयी उदास गत २०७४ सालको निर्वाचनमा अहिलेकै प्रतिद्वन्दी बीरवल राईसंग पराजित भएका थिए । उपमेयरमा विजयी राई पनि गत निर्वाचनमा तेश्रो भएका थिए ।