संखुवासभाः संखुवासभाको पाँचखपन नगरपालिकाको उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)की सुमुना श्रेष्ठ विजयी भएकी छन् ।श्रेष्ठ ३ हजार ८ सय ३४ मतसहित विजयी भएका हुन् । एमालेकी अनिता न्यौपानेले ले ३ हजार ४८७ मत पाएकी छन् ।
पालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् । उनले नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३ सय ५१ मतले हराउँदै विजयी भएका हुन् । राईले ४ हजार ७ सय ८८ र प्रतिस्पर्धी राईले ३ हजार ४ सय ३७ मत ल्याएका थिए ।