धरानः सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार कांग्रेसका किशोर राईले अग्रता लिइरहेका छन् ।

मंगलबार मध्यान्ह सम्मको मत परिणाम अनुसार गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ५ हजार १७४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४ हजार ५७४ मत ल्याएका छन् ।

हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले ४ हजार ५१४ मत प्राप्त गरेकी छिन् ।उप–प्रमुखमा पनि गठबन्धनका उमेदवार अइन्द्र विक्रम बेघाले अग्रता कायमै राखेका छन् । बेघाले ५ हजार ८४९ मत प्राप्त गरी अगाडि छन् भने एमालेका पदम इस्वोले ५ हजार ५११ मत पाएका छन् ।

धरानको वडा १, २, ३, ४ र ७ को मतगणना सकिएको छ । अहिले वडा ५, ६, ८ र ९ मतगणना भइरहेको बताइएको छ ।