इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार अपरान्ह सम्मको मत परिणाम अनुसार कांग्रेसले झिनो अग्रता कायम राखेको हो ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले वडा नम्बर ५ मा ६६० मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाले ४२७ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा नेपाली कांग्रेसका जीवन न्यौपानेको ५३५ मत छ भने नेकपा एमालेका भीष्म घिमिरेले ५२० मत प्राप्त गरेका छन् ।
इटहरीको सबैभन्दा धेरै मतदाता रहेको ५ नम्बर वडामा ७,१६३ मत खसेको छ । यहाँ कुल ११,०५२ मतदाता छन् ।