धरानः धरान उपमहानगरपालिकामा आज विहान ८ बजेसम्मको ताजा मत परिणाम सार्वजनिक भएको छ । १७ हजार ४ सय ९८ मत गणना गर्दा कांग्रेसका किशोर राई नै अगाडि छन् ।
गठबन्धनका उम्मेदवार राईले ५१२१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४४५० मत प्राप्त गरेका छन् । त्यस्तै गरी नेकपा एमालेकी मञ्जु भण्डारीले ४४३४ मत प्राप्त गरेकी छन् । १६ मतले हर्क मञ्जु भन्दा अगाडी छन् ।
उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ५७६० र नेकपा एमालेका पदमप्रसाद लिम्बूले ५३९९ मत प्राप्त गरेका छन् । अहिले वडा नं। १, २, ३, ४ र ७ नं। वडाको मत गणना सम्पन्न भएको छ भने ५, ६, ८ र ९ नं वडाको मत गणना भइरहेको छ ।