इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ को ताजा परिणाम सार्वजनिक भएको छ ।

सो वडामा खसेको ७१३० मत मध्ये ३५७१ मत गणना गर्दा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवार माधव कोेइरालाले १६११ मत ल्याएका छन् । कांग्रेसका वडाअध्यक्ष पदका उम्मेदवार राजु बस्नेतले १४०८ मत ल्याएका छन् ।

महिला, दलित महिला र खुल्ला सदस्यमा पनि एमालेकै उम्मेदवारहरु अगाडि छन् । सो वडाबाट मेयर गठबन्धनका हेमकर्ण पौडेललाई नै बढी मत आएको छ । उनलाई १५८५ मत आएको छ । एमालेका याम कुमार सुब्बालाई १४८० मत प्राप्त भएको छ ।

उपमेयर पदमा गठबन्धनका केशबकुमार विष्टले ९९४ मत र एमालेकी उम्मेदवार संगीता कुमारी चौधरीले १६३१ मत प्राप्त गरेकी छन् ।

281221860_120534547314255_6227490245067584305_n