इटहरीः इटहरी उपमहानगरपालिकाको केही बेरअघिको ताजा परिणाम अनुसार मेयर पदमा गठबन्धनका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पौडेल फराकिलो मत अन्तरले अगाडी देखिएका छन् ।

उनले ८ हजार ९ सय ७० मत ल्याएका छन् । एमालेका मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले ७ हजार ३ सय ६ मत प्राप्त गरेका छन् । सुब्बा १ हजार ६ सय ६४ मतले पछाडी छन् ।

त्यसैगरि उपमेयर पदमा एमालेकी संगीताकुमारी चौधरी अग्रस्थानमा छिन् । चौधरीले ८ हजार १ सय ६६ मत प्राप्त गरेकी छन् । गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार नेकपा एकिकृत समाजवादीका केशबकुमार बिष्टले ५ हजार ५ सय ३९ मत ल्याएका छन् । विष्ट चौधरीभन्दा २ हजार ६ सय २७ मत अन्तरले पछाडी छन् ।

281396899_120535227314187_409237954371780496_n