इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १९ को ताजा परिणाम सार्वजनिक भएको छ । सो वडामा ३१३५ मत गणना गर्दा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारले १४९१ मत ल्याएका छन् । कांग्रेसका वडाअध्यक्ष पदका उम्मेदवारले १२९० मत ल्याएका छन् ।
सो वडाबाट मेयर गठबन्धनका हेमकर्ण पौडेललाई नै बढी मत आएको छ । उनलाई १३९१ मत आएको छ । एमालेका याम कुमार सुब्बालाई १३८१ मत प्राप्त भएको छ ।
उपमेयर पदमा गठबन्धनका केशबकुमार विष्टले ८४२ मत र एमालेकी उम्मेदवार संगीता कुमारी चौधरीले १४६२ मत प्राप्त गरेकी छन् । सो वडामा ४१०४ मत खसेको थियो । मतगणना जारी नै रहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।