इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ५ को ताजा परिणाम सार्वजनिक भएको छ । सो वडामा ७११ मत गणना गर्दा गठबन्धनका तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका जीवन न्यौपानेले ३१६ मत प्राप्त गरेका छन् । एमालेका वडाअध्यक्षले २७४ मत प्राप्त गरेका छन् ।
महिला, दलित महिला र खुल्ला सदस्यमा पनि गठबन्धनकै उम्मेदवारहरु अगाडि छन् । सो वडाबाट ७११ मत गन्दा मेयर गठबन्धनका हेमकर्ण पौडेलले २८० मत र एमालेका मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले २२३ मत प्राप्त गरेका छन् । उपमेयर पदमा गठबन्धनका केशबकुमार विष्टले २२४ मत र एमालेकी उम्मेदवार संगीता कुमारी चौधरीले २६४ मत प्राप्त गरेकी छन् । सो वडामा ७१५९ मत खसेको थियो । मत गणना जारी नै रहेको छ ।