संखुवासभाः संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी भएका छन् । उनी यसअघि वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पौडेलले ४२८२ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार थलकुमार लिङ्खाले ४ हजार १ सय ९३ मत ल्याए ।
उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार तारा महत विजयी भएकी छिन् । महतले ४ हजार २३ मत ल्याएकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी गिरीले ४ हजार ५ मत ल्याएकी छ्न् ।
गत स्थानीय तह निर्वाचनमा धर्मदेवी नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको थियो ।