इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार बुधनारायण चौधरीको प्यानलनै विजयी भएको छ ।

सोमबार राती रामधुनी तीनको मतगणना समाप्त भइसक्दा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार बुधनारायण चौधरीले ५२६ मतले जीत हासिल गरेका हुन् । उनले १ हजार ५७७ मत प्राप्त गरेका छन् । यसैगरी महिला सदस्यमा पनि एमालेकै भगवती खड्काले जित हासिल गरेकी छन् । खड्काले १ हजार ५१४ मत प्राप्त गरेकी छिन् ।

दलित महिला सदस्यमा एमालेकी शोभा सदाले १ हजार ५१८ मत ल्याएर ३०३ मतको अन्तरले जित निकालेकी छन् नभे खुल्ला सदस्यमा नेकपा एमालेकै अनिल पराजुली र राजु चौधरीले जित हासिल गरेका छन् । पराजुलीले १४२५ मत ल्याए पनि चौधरीले १ हजार ३२९ मत पाएर विजय हासिल गरेका छन् ।