इटहरीः इटहरी उपमहानगरपालिकाको ६.३४ बजेको ताजा परिणाम अनुसार मेयर पदमा गठबन्धनका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पौडेल फराकिलो मत अन्तरले अगाडी देखिएका छन् ।
उनले ८ हजार २ सय ३४ मत ल्याएका छन् । एमालेका मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले ६ हजार ८ सय १० मत प्राप्त गरेका छन् । सुब्बा १ हजार ४ सय २४ मतले पछाडी छन् ।
त्यसैगरि उपमेयर पदमा एमालेकी संगीताकुमारी चौधरी अग्रस्थानमा छिन् । चौधरीले ७ हजार ५ सय ६४ मत प्राप्त गरेकी छन् । गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार नेकपा एकिकृत समाजवादीका केशबकुमार बिष्टले ५ हजार १ सय ४ मत ल्याएका छन् । विष्ट चौधरीभन्दा २ हजार ४ सय ६० मत अन्तरले पछाडी छन् ।