इटहरीः इटहरी उपमहानगरको वडा नम्बर ४ मा विहानसम्म भएको मत गणना अनुसार नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारले अग्रता लिएका छन् ।
वडा नम्बर ४ मा ८ सय मत गणना भइसक्दासम्म नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार भक्त लामाले ३५७ मत ल्याउँदा नेपाली कांग्रेसका वडा अध्यक्ष उ्रम्मेदवार बिक्रम थापाले २६५ मत प्राप्त गरेका छन् ।
महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य सबैमा नेकपा एमाले अगाडी देखिएको छ । महिला सदस्यमा एमालेकी उम्मेदवारले ३७७ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले २५२ र दलित महिला सदस्यमा नेकपा एमालेकी उम्मेदवारले ३६० मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले २४२ मत पाएकी छन् ।
यता खुल्ला सदस्यमा पनि नेकपा एमालेको अग्रता कायम छ । एमाले उम्मेदवारले ३१७ मत ल्याउँदा माओवादी केन्द्रका खुल्ला सदस्य उम्मेदवारले ९३ मत पाएका छन् ।