धरानः धरान उपमहानगरपालिकामा आज बिहान ६ बजेसम्मको मतगणना अनुसार लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर र उपमेयर पदमा उम्मेदवारी दिएकाहरुले नै अग्रता लिईरहेका छन् ।

गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोर राईले ४८१८ मत प्राप्त गरेका छन् । एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले ४०६८ मत प्राप्त गरेकी छन् । हलो चिन्हमा मेयर उठेकाले ४३८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४०२७ मत प्राप्त गरेका छन् । यसअघि हर्क दोस्रो स्थानमा थिए । उपमेयरमा गठबन्धनकै अइन्द्र विक्रम बेघाले ५३८८ मत ल्याएका छन् । एमालेका पदम लिम्बूले ४९४७ मत ल्याएर पछ्याईरहेका छन् । राप्रपाका उपमेयर ५६८ मत प्राप्त गरेका छन् । स्वतन्त्र लौरो चिन्हमा उपमेयर पदमा ६०२ मत आएको छ । मतगणना जारी नै रहेको छ ।