बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ को पछिल्लो मत गणनासहित मतपरिमाण आउने क्रम जारी छ । यसैबीच सुनसरीका १२ वटा पालिका रहेकोमा केही वडाहरुको मतपरिमाण आइसकेको छ भने केही पालिकाहरुको परिमाण आउने अन्तिम चरणमा छ ।

निर्वाचन आयोग सुनसरीले जारी गरेको पछिल्लो परिमाण अनुसार सुनसरीका ८ पालिकामा नेपाली कांग्रेस र अन्य दलको गठबन्धन अगाडि रहेको छ भने ४ पालिकामा नेकपा एमालेको अग्रता छ ।
जसअन्तर्गत उपमहानगरद्वय धरान र इटहरी, नगरद्वय बराहक्षेत्र र, इनरुवा र गाउँपालिकातृय भोक्राह नरसिंह, कोशी, हरिनगर र देवानगञ्जमा कांग्रेसको गठबन्धन अगाडि देखिएको छ । त्यस्तै, नगरद्वय रामधुनी र दुहबी र, गाउँपालिकाद्वय गढी र बर्जुमा नेकपा एमालेको अग्रता कायमै देखिन्छ ।

280629565_326278102807433_5677962899624625504_n