इटहरीः इटहरी उपमहानगरपालिकामा चुनावी परिणाम गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकर्ण पौडेलले फराकिलो मतले अग्रता लिन थालेपछि एमालेका तर्फबाट उम्मेदवार बनेका यामकुमार सुब्बा लगायत एमालेका नेतृत्वलाई तनाब भएको तर्फ इंकित गर्दै वर्तमान मेयर द्धारिकलाल चौधरीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस हालेपछि एमाले भित्रको विवाद सहतमै आएको छ । विवाद बढ्दै गएपछि एमालेकै नेताहरुले द्धारिकलाललाई कतिमा बिक्नु भयो ? भन्ने सम्मको प्रश्न गरेका छन्  । 

उनले केही समयअघि मात्रै ३ शब्दमा बाँसघारीमा डोजर चलाईरहेको अघि बसेर लिइएको तस्विर सहित ‘इटहरीमा यारेलको छटपटी !’ भन्दै आफ्नो फेसबुक पेंजमा स्टाटस लेखेका थिए । ‘यारेल’ भनेर उनले छोटकरीमा मेयर पदका उम्मेदवार यामकुमार सुब्बा, एमालेका सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी र एमालेकी केन्द्रिय सदस्य तथा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमलाई इंकित गर्दै उनले सो स्टाटस पोष्ट गरेका हुन् ।

उनले स्टाटस पोष्ट गरे लगत्तै कमेन्ट गर्दै नेकपा एमालेका युवा नेता इटहरी उपमहानगरका सचिव रुपेश बस्नेतले द्धारिकलाललाई कतिमा बिक्नु भयो ? भन्दै फेसबुकमै प्रश्न गरेका छन् । द्धारिकलाले रुपेशलाई प्रश्न गर्दै भनेका छन् किन्ने तागत छ ? त्यसपछि धेरैले धेरै खालका स्टाटस लेखेका छन् । केही स्टाटस पछि द्धारिकलालले पुनः रुपेशलाई ११ नम्बर वडा कतिमा बेच्यौं ? भन्ने प्रति प्रश्न गरेका छन् ।

एमालेका प्रदेश सदस्य भीम सागर सुवेदीले पनि फेसबुकमै स्टाटस मार्फत द्धारिकलाल चौधरी प्रश्न गर्दै तपाँई बिकेकै हो ? भनि प्रश्न गरेका छन् ।
एमालेका शिबनारायण चौधरीले एमालेका मेयर र उपमेयरले नै जित हासिल गर्ने भन्दै स्टाटस पोष्ट गरेका छन् । मेयर द्धारिकलालले नचाहिने कुरा नगर भन्ने जवाफ दिएका छन् ।

280537283_513480403704808_4049514957124784778_n 280703271_751836795817623_3409568224818224726_n 280718912_670026200729888_477474771346998629_n (1) 281276728_694738621811912_1541572213853466314_n 281254448_2349173811890849_2261337654779168310_n