पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका २ मा नेकपा(एकीकृत समाजवादी) का बालकृष्ण सेर्मा प्यानलै सहित निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट साझा उमेदवार बनेका सेर्माले एमालेका याम बहादुर सेर्मालाइ २ सय ८७ मत अन्तरले हराउदै प्यानल सहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका सेर्माले ५ सय ८५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका वडा अध्यक्ष सेर्माले ८ सय ७२ मत प्राप्त गरी बिजयी भएका थिए ।