विराटनगरः प्रदेश नम्बर १ को एकमात्र महानगरपालिका विराटनगरको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले नै अग्रता लिईरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसमा नागेश कोइरालाले ६ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदका उम्मेदवार सागर थापाले ४ हजार ८ सय ३३ मत ल्याएका छन् । मेयर पदका स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरि विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी शिल्पा कार्कीले नै अग्रता कायम राखेकी छन् । उनले ५ हजार ४ सय ९८ मत प्राप्त गरेकी छन् । जसपाको तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले ३ हजार ५ सय ७७ मत ल्याएका छन् । विराटनगरमा मतगणना जारी नै रहेको छ ।