उदयपुरः नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै उदयपुरको उदयपुरढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरसँग एमालेका अध्यक्षका उम्मेदवार गोपालबहादुर खत्री पराजित भएका हुन् । निर्वाचित मगरले ४९४२ मत प्राप्त गरे भने पराजित खत्रीले ४११४ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका जितबहादुर खड्का निर्वाचत भएका छन् । उनले ४६४६ मत पाए । उपाध्यक्षमा पराजित नेकपा एमालेका उम्मेदवार शोभाकुमारी मगरले ३८६३ मत पाए ।