धरानः धरान उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका मेयरका उम्मेदवार कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा नै अग्रस्थानमा छन् ।
धरानमा १३ हजार ६ सय ४५ मत गन्दा मेयरमा नेपाली कांग्रेसका किशोर राईले ५ हजार १ सय ७३ मत प्राप्त गरेका छन् । एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले ४ हजार ५ सय ४१ मत प्राप्त गरेकी छन् ।
मेयर पदमै स्वतन्त्र उम्मेदवारी दिएका हर्क सम्पाङले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।त्यसैगरि उपमेयरमा माओवादी केन्द्रका बेघाले ५ हजार ७ सय २२ मत ल्याई अग्रस्थानमा छन् । एमालेका उपमेयर पदका उम्मेदवार पदम लिम्बूले ५ हजार ४ सय ३३ मत प्राप्त गरेका छन् । लिम्बूले बेघालाई पछ्याईरहेका छन् ।