विराटचोकः देशभर स्वतन्त्र उम्मेद्वारतर्फ मतदाता आकर्षित भइरहेको मत परिणामले देखाइरहेको छ । यसै क्रममा प्रदेश नम्बर १ को २ वटा पालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ राई विजयी भएका छन् । उनले नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई विजयी भएकी छिन् ।

त्यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका आश्रचन राई निर्वाचित भएका छन् ।