फिक्कलः इलामको सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर प्रधान विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका लाकेल लामालाई ४० मतान्तरले हराउँदै प्रधान बिजयी भएका हुन् । प्रधानले ६८४ मत पाउँदा लामाले ५४४ मत पाए ।

निर्वतमान वडाध्यक्ष नेकपा एमालेका होम कार्की तेश्रो स्थानमा रहे । उनले ५२३ मत पाए । महिला सदस्यमा ६६५ मतका साथ नेकपा एसकी लामु शेर्पा निर्वाचित भइन् । दलित महिलामा ६४२ मतका साथ नेकपा एसकै तृष्णा लोहार निर्वाचित भइन् । खुल्ला सदस्यमा पदमा नेकपा एसकै अरुण शर्मा र रुद्रबहादुर गुरुङ बिजयी भएका छन् । सूनपा १ काग्रेस र १ एमालेले जिती सकेको छ । अव ४ को गणना हुने छ । मतगणना स्थलाई ब्यवस्थि गरेर ३ ठाउमा गन्ने तयारी भैरहेको छ ।

वडा नं ३ को मतगणना सम्पन्न हुँदा नगर प्रमुखमा रणबहादुर राईले २ हजार ६३२ मत पाए । उनको प्रतिद्धन्द्धी नेकपा एमालेका काजीमान कागतेले २ हजार ३३५ मत पाए । उपप्रमुखमा नेपाली कांग्रेसका दुर्गा बरालले २ हजार ६७६ मत पाउँदा एमालेकी दुर्गादेवी भट्टराईले २ हजार ६७ मत पाइन् ।हालसम्म नगरमा ३ वटा वडाको परिणाम आउँदा २ वटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ ।