इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका लेखनाथ बास्तोला भोलाले अग्रता लिएका छन् । आठ सय मत गनिसक्दा सम्म नेपाली कांग्रेका लेखनाथ बास्तोलाले ४२० मत ल्याउँदा नेकपा एमालेका खेमराज पौडेलले २ सय ७० मत पाएका छन् ।
यता नेकपा माओवादी केन्द्रका अच्युत चौलागाईले ३४ मत पाएका छन् भने राप्रपाका वडा अध्यक्षका उम्मेदवारले २१ मत पाएका छन् ।त्यसैगरी महिला सदस्यमा नेकपा एमालेका उम्मेदवारले २ सय ७५ मत ल्याउँदा नेपाली कांग्रेसमा महिला सदस्य उम्मेदवारले ३८६ मत पाएकी छन् भने दलित महिला सदस्यमा पनि नेपाली कांग्रेसको अग्रता छ ।
दलित महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवारले ५६३ मत पाएकी छन् भने एमालेकी उम्मेदवारले २७५ मत पाएकी छन् । यता खुल्ला सदस्यमा नेकपा एमालेका उम्मेदवारले २९६ र ३२५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ३१४ र ३०० मत पाएका छन् । मत गणना कार्य जारी छ ।