इटहरीः इटहरी उपमहानगरपालिका वडा नं २० मा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेको नेपाली कांग्रेसका मणिराम श्रेष्ठको प्यानलै विजयी भएको छ । मणिराम ०७४ को स्थानीय निर्वाचनमा पनि सोही वडाबाट वडाअध्यक्षमा विजयी भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी २० मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिराम श्रेष्ठले २,४०६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरेका छन् । श्रेष्ठले राईलाई झण्डै ९ सय मतान्तरले जित निकालेका हुन् ।
मणिरामले दोश्रो कार्यकाल वडा अध्यक्षको जित निकालेका हुन । अघिल्लो कार्यकालमा राम्रो काम गरेकाले जनताले पुनः जित निकाल्न सहज भएको बताइएको छ ।यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकै धर्मा गिरीले २,१२६ मत प्राप्त गर्दै विजयी भएकी छन् । यस्तै, दलित महिला सदस्यमा कुमारी बिकले २,२४१ मत प्राप्त गरेकी छन् ।
उता, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश)ले १,९२८ मत प्राप्त गर्दै विजयी भएका छन् भने खुल्ला सदस्यमा बहादुर तामाङले २,१६८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
नेकपा एमालेबाट महिला सदस्य कल्पना खड्काले १,७७१ मत प्राप्त गरिन् । यस्तै, दलित महिला सदस्यमा खड्कुमारी बिकले १,७२५ मत प्राप्त गरिन् ।
खुल्ला सदस्यमा रवीन्द्र भट्टराईले १,७५५ मत प्राप्त गरे भने खुल्ला सदस्य ले शान्तिबहादुर घिमिरेले १,६०४ मत प्राप्त गरे ।