इटहरीः इटहरी उपमहानगरको वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रतन कार्की (कैलाश) विजयी भएका छन् ।

कार्कीले १,७४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी विजय राईले ९३५ मत प्राप्त गरेका छन् ।

यसै गरी महिला सदस्यमा पनि नेपाली कांग्रेसकी कुमद चौधरीले १,५९३ मत प्राप्त गरेर विजयी भएकी छन् भने दलित महिला सदस्यमा कांग्रेसकै विष्णुमाया बिकले १,५४४ मत प्राप्त गर्दैै विजयी भइन् ।

यस्तै, खुल्ला सदस्यमा कांग्रेसकै हरिहर चौधरीले १,४६७ मत प्राप्त गरेका छन् भने दोश्रो खुल्ला सदस्यमा नेकपा एमालेका बेघबिक्रम घिमिरेले ९७२ मत प्राप्त गर्दै विजयी भएका छन् ।महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी चौधरीले १,१६० मत प्राप्त गरिन् । यस्तै, दलित महिला सदस्यमा १,०२६ मत प्राप्त गरिन् भने खुल्ला सदस्यमा ज्ञानेन्द्र गौतमले १,०१५ मत प्राप्त गरि हार बेहोरे ।