धरानः धरान उपमहानगरपालिका वडा नं. ४ मा नेकपा(एमाले)को प्यानल नै विजयी भएको छ ।वडाध्यक्षमा धनबहादुर राईले ८२६ मत प्राप्त गर्दा माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवारले ६१२ मत पाएका थिए ।

पछिल्लोमत परिणाम अनुसार सदस्य(खुल्ला) राजेन्द्र राई, गोरशमान आले, महिला सदस्यमा मीना तामाङ र दलित महिला सदस्यमा लिलामाया गहते विजयी भएका हुन् ।

एमालेका महिला सदस्यले ८२१, दलित महिला सदस्यले ८१३ खुल्ल सदस्य एउटा चिन्हमा ८०३ र दुईवटा चिन्हमा ७२४ मतले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवाद केन्द्रका महिला सदस्यले ५५१, दलित महिला सदस्यले ५३६ र खुला सदस्य एउटा चिन्हमा ५८१ र दुईवटा चिन्हले ४५४ मत प्राप्त गरेका छन् ।