इटहरीः रामधुनी नगरपालिकाको आज विहानसम्मको परिणाम अनुसार एमालेले मेयर र उपमेयर दुवै पदमा ठुलो मतान्तरले आफ्नो अग्रता कायम राखेको छ ।
रामधुनी नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका शंकरलाल चौधरीले ४ हजार ६१७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुदिप अधिकारीले २ हजार ९ सय ५४ मत पाएका छन् ।
उपमेयरमा नेकपा एमालेकी तारा थापाले ३ हजार ८३८ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी आशा चौधरीले २ हजार ९४६ मत पाएकी छन् ।यता नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवारले २७० मत पाउँदा नेकपा एकिकृत समाजवादीका मेयर पदका उम्मेदवार सिताराम घिमिरेले ८० र राप्रपाका मेयर पदका उम्मेदवारले १०६ मत प्राप्त गरेको छन् ।
यसैगरी उपमेयरमा माओवादीकी श्याम कुमारी चौधरीले ३७८ मत पाएकी छन् भने नेकपा एकिकृत समाजवादीकी सीता चौधरीले ४०५ मत र राप्रपाकी उपमेयर उम्मेदवारले १६ र जसपा उपमेयर उम्मेदवारले ७४ मत प्राप्त गरेका छन् ।