धरानः धरान उपमहानगरपालिकामा १० हजार मतगणना गर्दा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर र उपमेयर पदमा उम्मेदवारी दिएकाहरुले नै अग्रता लिईरहेका छन् ।

१० हजार मत गन्दा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोर राईले ३३२२ मत प्राप्त गरेका छन् । एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले २५०३ मत प्राप्त गरेकी छन् ।

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २२९५ मत प्राप्त गरेका छन् । यसअघि हर्क दोस्रो स्थानमा थिए । उपमेयरमा गठबन्धनकै अइन्द्र विक्रम बेघाले ३५९१ मत ल्याएका छन् । एमालेका पदम लिम्बूले ३००० मत ल्याएर पछ्याईरहेका छन् ।

आज विहानसम्म वडा नं १, २, ३ र ४ नं वडाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । जसमा १ र ३ नं वडामा कांग्रेसको प्यानल नै विजयी भयो भने २ नं वडामा एमालेले एक सदस्य सहित वडाध्यक्षमा जितेको छ । त्यस्तै ४ नं वडामा एमालेको प्यानल नै विजयी भएको छ ।