इटहरीः इटहरी उपमहानरपालिकाको पछिल्ला ताजा परिणाम अनुसार गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेलले एक हजार भन्दा बढी मतले अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका मेयर उम्मेदवार पौडेलले ४ हजार १६८ मत ल्याउँदा एमालेका मेयर उम्मेदवार याम कुमार सुव्वाले ३ हजार १५३ मत पाएका छन् । यता राप्रपा मेयर उम्मेदवारले ४१७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी संगीता कुमारी चौधरीको अग्रता छ । संगीताले ३ हजार ४८९ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उपमेयर उम्मेदवार केशव कुमार विष्टले २ हजार ५९७ मत पाएका छन् भने राप्रपामा उपमेयर उम्मेदवारले ५३० मत पाएका छन् ।