इटहरीः धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा अघिल्लो स्थानीय निर्वाचनमा पराजित बनेका जितेन्द्र रुम्दाली राई दोश्रो प्रयासमा यसपाली विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा केहि मतले पराजित बनेका राई ययपालि १ हजार ५७१ मतको अन्तरले विजयी बनेका हुन् ।
जितेन्द्रले ६ हजार ३ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका कुमारजंग याख्खाले ४ हजार ८२८ मत पाएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा पनि याख्खा र राईबिच प्रतिस्पर्धा भएको थियो । यसपाली नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एसबिच गठबन्धन गरेर राईको नेतृत्वमा साँगुरीगढीमा प्रतिस्पर्धा भएको हो ।
गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राईले जित हासिल गरेकी छिन् । राईले गठबन्धनका उपाध्यक्ष उम्मेदवार जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई ५ सय १४ मतले हराउँदै जित हासिल गरेकी छन् । लावतीले ४ हजार १३६ मत प्राप्त गरे भने राईले ४ हजार ६५० मत पाएकी छिन् ।