इटहरीः रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार महेश चौधरीको प्यानलनै विजयी भएको छ ।

नेपाली कांग्रेसका महेश चौधरीले १ हजार २ सय ४ मत ल्याएर विजय हासिल गरेका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार चौधरीले १ हजार ३३ मत पाएका छन् ।

यसैगरी महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३ सय १५ मत ल्याउँदा नेकपा एमालेले १ हजार ११३, दलित महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३७४ मत ल्याउँदा एमालेले १ हजार १४५ र खुल्ला सदस्यमा नेपाली कांग्रेसले १ हजार २३५ , १ हजार ३२५ मत ल्याउँदा एमालेले १ हजार २०९ र १ हजार १९३ मत पाएको छ ।

280963167_476399930907343_4182502739267579020_n