इटहरीः धनकुटाको साँगुरीगढी गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राई विजयी भएका छन् ।

उनले एमालेका कुमारजंग याख्खालाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । पर्यटन व्यवसायी रम्दाली होटल एशोशिएसन भेडेटारका अध्यक्ष समेत हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा झिनो मतले उनि पराजित भएका थिए ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी वीच चुनावी गठबन्धन भएको थियो । जनता समाजवादीबाट भेडेटारकै अर्का पर्यटन व्यवसायी लिलाराज लावतीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा भने एमालेको तर्फबाट उम्मेदवारी दिने विजयी भएका छन् ।

281542560_3263785117278226_3472782189046459254_n