फिक्कलः माओवादी केन्द्रले इलामको माङसेबुङ गाउँपालिका ३ को वडाध्यक्षमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रका लक्षुमन राई जनम वडाध्यक्षमा निर्वाचित भएका हुन् ।निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका कुलबहादुर लिम्बूलाई ९२ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् ।

राईले ७ सय ६० मत पाएका थिए भने उनका प्रतिष्पर्धी लिम्बूले ६६८ मत मात्र पाएका थिए । लिम्बू निवर्तमान वडा सदस्य हुन् । त्यस्तै एकीकृत समाजवादीका देवाहाङ राईले ७४ मत पाए । सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । महिला सदस्यमा महिला सदस्यमा एमालेकी हस्तकुमारी लिम्बू ६ सय ८३ मतका साथ विजयी भएकी छिन् ।

उनकी प्रतिष्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीकी अस्मिता शेर्माले ६ सय ६३ मत पात्र पाएकी थिइन् । दलित महिला सदस्यमा नेपाली कांग्रेसकी शिसला शंकर ६ सय ९५ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी एमालेकी कला शिवा पोख्रेलले ६ सय ५४ मत पात्र पाएकी थिइन् । सदस्यमा भने दुवै एमालेबाट विजयी भएका छन् । एमालेका देउमान सम्बार ६ सय ७४ र सुर्यकुमार राई ७ सय ३८ मतका साथ विजयी भए ।

उनीहरुका प्रतिष्पर्धी कांग्रेसका चन्द्र साम्बाले ५सय ८४ मत, पूर्णकुमार राईले ५४६ मत, नेकपा एकीकृत समाजवादीका द्रोणराज योङहाङले ७७ मत र मनबहादुर लिम्बूले ८६ मत मात्र पाए । माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धन थियो ।
वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा सहभागी भएको थियो । सो वडामा २ हजार ५ सय ८६ मतदाता रहेकोमा १ हजार ६ सय ८२ मत मात्र खसेको थियो ।