दमकः २२ बर्षिय युवा बविन राई इलामको चुलाचुली गाउँपालिका–५ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका तर्फबाट सो वडामा अध्यक्षको उम्मेदवारी दिएका थिए । उनले ७०४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका चन्द्रकुमार थापालाई ४० मतान्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले ६६४ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा ६५६ मतका साथ नेकपा एमालेकी मनमाया मगर निर्वाचित भइन् । दलित महिलामा ६६१ मत का साथ नेपाली कांग्रेसकी कमला विक निर्वाचित भएकी छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका अर्जुन नेपाली र रामप्रसाद नेपाल निर्वाचित भएका छन् ।