विराटचोकः अहिले बिहान ४ बजेसम्ममा ६९०२ मत गन्दा मोरङको सुन्दरहरैंचा नगरपालिकाको मेयर पदका प्रत्यासी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले ३०६२ मत ल्याएका छन् । नेकपा एमालेका केदारप्रसाद गुरागाईँले २७२५ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार रामबहादुर खत्रीले १०७ मत ल्याएका छन् ।

उपमेयरतर्फ नेकपा एमालेकी अकली चौधरीले २९४२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईले १७०५ मत ल्याएका छन् । राष्टिय प्रजातन्त्र पार्टीकी सुमित्रा बस्नेतले १९४ र नेकपा एकीकृत समाजवादीका महेशकुमार आचार्यले १५९ मत ल्याएका छन् ।