इटहरीः साँझ झण्डै ९ बजेसम्मको अपडेट अनुसार धरान उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईको अग्रता कायम देखिएको छ ।
नेपाली कांग्रेसका किशोरराईको २ हजार ८४९ मत आउँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्गले १ हजार ९९३ मतले पछ्याईरहेका छन् ।

यता नेकपा एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीको मत भने गठबन्धनको भन्दा झण्डै आधा कम देखिन्छ । गठबन्धनको २८ सय हुँदा भण्डारीको मत १ हजार ४३६ छ । मेयर पदमा राप्रपाका उम्मेद्वार नरेश कुमार शाक्यले ३७ मत प्राप्त गरेका छन् । यता उपमेयरमा गठबन्धनका आइन्द्र विक्रम बेघा अगाडी छन् भने पदम इश्वो उनलाई पछ्याउँदै छन् ।