इटहरीः इटहरी उपमहानगरको ताजा अवस्था अनुसार मेयरमा गठबन्धनका तर्फबाट मेयरपदका उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पौडेलले फराकिलो अग्रता लिएका छन् ।

अहिले साँझ ५ बजेर १९ मिनेटसम्मको मत परिणाम अनुसार हेमकर्ण पौडेलले ३ हजार २१ मत ल्याउँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार याम कुमार सुव्वाले २ हजार २९४ मत ल्याएका छन् ।

मेयरमा जसपामा उम्मेदवारले १० मत ल्याएका छन् भने लोसपाले १७ र राप्रपाले ३ सय मत पाएको छ ।

यता नागरिक उन्मुक्ति पार्टीले मेयर पदमा ४ मत पाएको छ भने खम्बुवान राष्ट्रिय मोर्चाले ९ मत, मंगोल नेशनल अर्गनाइजेसनले ७६ मत पाएको छ । यता स्वतन्त्र उम्मेदवारमा खरायो, हाँस र कैँचीका मेयर पदका उम्मेदवारले १ मतका दरले प्राप्त गरका छन् ।

उपमेयरमा पदका लागि नेकपा एमालेकी उम्मेदवार संगीता कुमारी चौधरीको अग्रता कायमै छ । चौधरीले २ हजार ५१९ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार नेकपा एसका केशव कुमार विष्टले १ हजार ९ सय २४ मत पाएका छन् । यता राप्रपा नेपालले उपमेयरमा ३८७ मत पाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३१ मत र मंगोल नेशनल अर्गनाइजेसनले १ मत पाएका छन् ।

281574451_119835460717497_6824599091421292781_n