सन्दकपुरः इलामको सन्दकपुर गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सनम राई निर्वाचित भएका छन् ।

२४ बर्षिय राईले मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष गुरुङ र नेकपा एमालेका गिरिराज खनाललाई हराउँदै वडाध्यक्ष निर्वाचित भएका हुन् ।

विद्यार्थी नेता समेत रहेका सनम गाउँघरमा युवाहरु माझमा भिजेका उम्मेदवार हुन् । पराजित खनाल नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष समेत हुन् । उनी यसअघि सन्दकपुर गाउँपालिका वडा नं २ को निर्वतमान वडाध्यक्ष र प्रवक्ता समेत रहेका थिए । विस्तृत विवरण आउन बाँकी छ ।