इटहरीः इटहरी उपमहानगरको वडा नम्बर २० मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार मणिराम श्रेष्ठ जित नजिक देखिएका छन् ।
४ हजार ९ सय १६ मत खसेको वडा नम्बर २० मा श्रेष्ठले हाल सम्म १ हजार ४०६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजकुमार राईले ९ सय ५० मत पाएका छन् ।
हालसम्मको परिणाम हेर्दा नेपाली कांग्रेसको प्यानलनै अग्रस्थानमा छ । महिला सदस्यमा नेपाली कांग्रेसको १ हजार २७७ मत छ भने एमालेको १०४९ मत छ । उता दलित महिला सदस्यमा नेपाली कांग्रेसको १ हजार २६८ मत छ भने खुल्ला सदस्यमा क्रमश १ हजार १२५ र १ हजार २९० मत खसेको छ ।
उता खुल्ला सदस्यमा नेकपा एमालेको ९९४ र ९५६ मत खसेको छ । २ स्थानमा गणना भइरहेकोले आजै अवेरसम्ममा वडा नम्बर २० को अन्तिम नजिता आइसक्ने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।