इटहरीः इनरुवा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रमोद पोखरेल प्यानल सहित विजयी भएका छन् ।
आइतबार दिउँसो सकिएको मतगणनामा नेपाली कांग्रेसका पोखरेलले १ सय २७ मतले नेकपा एमालेका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् । इनरुवा एकबाट एमालेका वडा अध्यक्ष उम्मेदवारले ६८६ मत ल्याउँदा पोखरेलले ८१३ मत ल्याएका थिए ।
महिला वडा सदस्यमा नेपाली कांग्रेसले ९५८ मत ल्याएको छ भने एमालेले ६५८ मत पाएको छ । यसैगरी दलित महिला सदस्यमा कांग्रेसकी उम्मेदवारले ९४२ मत पाउँदा एमालेकी उम्मेदवारले ६४० मत पाएकी छन् । यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारले ९०३ र ९६५ मत ल्याएर विजयी बनेका छन् । एमालेका उम्मेदवारले ५९१ र ६२८ मत पाएका छन् ।