इटहरीः रामधुनी नगरपालिकामा ५ हजार १ सय मत गणना भइसक्दासम्म मेयर र उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ ।
हालसम्मको ताजा मत परिणाम अनुसार मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार शंकरलाल चौधरीले एक हजार मतले अग्रता लिएका छन् । शंकरलाल चोधरीले २ हजार ७११ मत ल्याउँदा नेपाली कांग्रेसमा मेयर पदका उम्मेदवार सुदिप अधिकारीले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयरमा पनि नेकपा एमालेकी तारा थापाले आफ्नो अग्रता बढाएकी छन् । ५ हजार २ सय मत गणनाा हुँदा थापाले २ हजार ३५२ मत पाएकी छन् भने नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार आशा चौधरीले १ हजार ६७१ मत प्राप्त गरेकी छिन् ।
मेयर पदमा नेकपा एकीकृत समाजवादीको वडा नम्बर १ बाट २९ र वडा नम्बर ३ बाट ७ मत आएको छ भने उपमेयरमा वडा नम्बर १ बाट एक सय ५२ र वडा नम्बर ३ वाट ७ मत आएको छ । उता माओवादी केन्द्रको वडा नम्बर १ मा ३६ र वडा नम्बर २ मा ६६ मत पाएको छ ।
उता वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसको अग्रता छ । वडा अध्यक्षमा नेपाली कांग्रेसले ७१० मत ल्याउँदा नेकपा एमालेले ६३४ मत पाएको छ भने वडा नम्बर २ को वडा अध्यक्षमा एमाले अगाडी छ । एमालेका वडा अध्यक्ष उम्मेदवारले १ हजार १६३ मत ल्याउँदा कांग्रेसले ५५५ मत पाएको छ भने वडा नम्बर ३ मा एमालेले ४८१ मत ल्याउँदा कांग्रेसले ३४० मत पाएको छ ।