दमकः झापाको कमल गाउँपालिकाको वडा नं २ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीले विजयी हासिल गरेको छ ।

सो वडामा नेकपा एकीकृत( समाजवादी) सहित कांग्रेस, माओवादी, जसपाको गठबन्धन भएको थियो । गठबन्धनबाट वडा अध्यक्ष पदका साझा उम्मेदवार बनेका युवा नेता अशोक सुब्बाले विजयी हासिल गरेका हुन् ।

उनले १ हजार ५ सय ८९ मत प्राप्त गरि विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्धन्दी एमालेका ८०० सय मत मात्र प्राप्त गरेका छन् ।