खोटाङः खोटाङको जन्तेढुङ्गा गाउँपालिको अध्यक्षमा गठबन्धनको तर्फबाट गाँउपालिका अध्यक्ष उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी अरूणादेवि राई निर्वाचित भएकी छन् ।

गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी राई २८८१ मत पाएर निर्वाचित भएकी हुन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । पराजित शंकरले २५७५ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेसका खेमबहादुर खड्का २८१२ मतसहित निर्वाचित भएका छन् । उनले गाउँपालिको निवर्तमान उपाध्यक्ष रहेकी विमला राईलाई पराजित गरेका हुन् । राईले २५९५ मत पाएकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले जितेको थियो । उनीहरु दुबै जना पराजित भएका छन् ।