इटहरीः रामधुनी नगरपालिकाकामा वडा नम्बर १, २ र ३ को मतगणना कार्यजारी छ ।

वडा नम्बर २ मा कम मतदाता भएको कारण त्यहाँको मतगणना सकिने चरणमा रहेको छ भने सो वडाको सकिना साथ वडा नम्बर ४ को मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालय रामधुनीले बताएको छ ।

वडा नम्बर १,२ र ३ को हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेले मेयर र उपमेयरमा दुवैमा अग्रता देखाएको छ ।