धरानः धरान उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका मेयर कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्र बेघाले नै फराकिलो मत अन्तरले अग्रता लिईरहेका छन् ।

केही बेर अघिको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसका किशोर राईले २ हजार ८ सय ४९ मत ल्याएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याईरहेका छन् । उनले १ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् ।

धरानमा एमालेका तर्फबाट मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले १ हजार ४ सय ३६ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रका बेघाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । एमालेका उपमेयर उम्मेदवार पदम लिम्बूले १ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । धरानको वडा नम्बर १ ,२ र ३ वडाको मतगणना सकिएको छ ।

वडा नम्बर १ र ३ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा नम्बर २ मा भने एमालेले विजयी हासिल गरेको छ । धरानको मतगणना जारी नै रहेको छ ।