इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १ मा नेपाली कांग्रेसको प्यानलले जित निकालेको छ ।
प्यानलका तर्फबाट वडाध्यक्षमा यज्ञमणि आचार्य निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यमा रहिसा कसजु श्रेष्ठ निर्वाचित भएकी छन् ।
त्यस्तै, दलित महिला सदस्यमा रिता सुन्दास विजयी हुँदा खुल्ला सदस्यमा विनोद मानन्धर र उज्वल बास्तोला विजयी भएको निर्वाचन कार्यालय धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । उनका अनुसार धरान उपमहानगरपालिकाका अन्य वडाहरुको मतगणना अझै जारी छ ।